अर्थ

विराटनगर भन्सारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विराटनगर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको कार्यालयको तथ्यांकले देखाएको छ।

विराटनगर भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८३/०८४को साउन महिनामा कार्यालयले लक्ष्यको ८८.४७ प्रतिशत मात्रै राजस्व असुली गर्न सफल भएको छ।

विराटनगर भन्सार कार्यालयले साउन महिनाका लागि ३ अर्ब ९ करोड ३ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य पाएको भए पनि २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ मात्रै संकलन गरेको छ।

विराटनगर भन्सार कार्यालयले गत वर्षको साउनमा भन्दा चालु आर्थिक वर्षको साउन महिनामा घटाएर लक्ष्य निर्धारण गरेको भए पनि घटाएको लक्ष्यसमेत पुरा गर्न नसकेको देखिएको छ।

गत आर्थिक वर्षको साउन महिनामा विराटनगर भन्सार कार्यालयले ३ अर्ब ३८ करोड ७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको थियो।

चालु आर्थिक वर्षको साउनमा तोकिएको लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको भए पनि गत वर्षको तुलनामा राजस्व संकलन भने सुधार देखिएको छ।

गत वर्ष विराटनगर भन्सार कार्यालयले २ अर्ब ६४ करोड १८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। गत वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा विराटनगर भन्सार कार्यालयले ९ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ। 

प्रकाशित: २८ भाद्र २०८३ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App