अर्थ

गभर्नरविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

गभर्नर विश्व पौडेलविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले पौडेलको गभर्नर पद बदर गर्न आदेश दिन अस्वीकार गरेको हो । जेठ ६ मा नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका पौडेलविरुद्ध अधिवक्ता अनन्तराज लुइँटेल समेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।  

इजलासले मुद्दालाई अग्राधिकार प्रदान गरेको छ । 

प्रकाशित: २४ असार २०८२ १८:१३ मंगलबार

#supreme court #Biswo paudel #NagarikNews #NepaliNews