अर्थ

घरजग्गाको कारोबारमा सुधार, एक महिनामै पौने चार अर्ब राजस्व

सांकेतिक तस्बिर

घरजग्गा कारोबारमा सुधार आएको छ। अघिल्लो महिनाको तुलनामा गत मंसिरमा घर जग्गाको कारोबारबाट संकलन हुने राजस्वमा वृद्धि भएको भूमि व्यवस्था कार्यालयले जनाएको छ।

गत कात्तिकमा घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ रुपैयाँ बराबरको राजस्व संकलन भएकोमा मंसिरमा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर रुपैयाँ संकलन भएको हो। मंसिरमा देशभर ४३ हजार तीन सय ७९ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ। यस्तै गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ संख्यामा घरजग्गा कारोबार भएको थियो। विभागका अनुसार मालपोत कार्यालय लगनखेलले ३३ करोड ९५ लाख दुई हजार आठ सय ७३ बराबरको राजस्व संकलन गरेको छ।

काठमाडौँ उपत्यकामा नौ वटा मालपोत कार्यालय छन्। तीमध्ये मालपोत कार्यालय कलंकीले २६ करोड ५७ लाख २५ हजार चार सय २५, मालपोत कार्यालय चाबहिलले २२ करोड ५८ लाख २३ हजार आठ सय १५, साँखुले सात करोड ५० लाख २२ हजार ६ सय २९, मनमैजुलेसात करोड २६ लाख ३४ हजार दुई सय ३३, टोखाले सात करोड १२ लाख ४५ हजार सात सय ६५ रुपैयाँ बराबरको राजस्व संकलन गरेको  छ।

यस्तै, मालपोत कार्यालय विराटनगरले १० करोड ४९ लाख १० हजार तीन सय ९१, मालपोत कार्यालय चितवनले ३५ करोड ९८ लाख ३१ हजार एक सय ८४ बराबरको राजस्व संकलन गरेको छ।

विभागका अनुसार मंसिरमा सेवा कर २६ करोड ६ लाख २५ हजार ६ सय ९० रुपैयाँ, रजिष्टे«सन दस्तुर दुई अर्ब ६३ करोड ७८ लाख १२ हजार तीन सय ४० रुपैयाँ बराबर संकलन गरेको छ। त्यस्तैगरी, एक अर्ब ३१ करोड ६३ लाख ४३ हजार सात सय १४ रुपैयाँ बराबरको पुँजीगत लाभकर संकलन गरेको छ।

प्रकाशित: ४ पुस २०८१ ०९:१६ बिहीबार

#NagarikNews