कला/साहित्य

बेलायत बस्ने प्रयासनालाई मिस युनिभर्स र झापाकी विनितालाई मिस अर्थको ताज

यसवर्षको दुई सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२६’ र  ‘मिस अर्थ नेपाल २०२६’ को विजेता घोषणा गरिएको छ।

यो पटकको ‘मिस युनिभर्स नेपाल २०२६’ को प्रतिष्ठित उपाधि प्रयासना गुरुङले जितेकी छन्। आइतबार काठमाडौंस्थित होटल सोल्टी क्राउन प्लाजामा आयोजित ग्रान्ड फिनालेमा १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै २४ वर्षीया गुरुङले ताज पहिरिइन्। बेलायत बस्दै आएकी विजेता प्रयासना महिला सशक्तिकरणकी अभियन्ता समेत हुन्।

यो सँगै आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चर्सले आयोजना गरेको सोही कार्यक्रममा झापाकी २७ वर्षीया विनिता ओलीलाई ‘मिस अर्थ नेपाल २०२६’ घोषित गरिएको छ।

यो प्रतियोगिताको मुख्य निर्णायक मण्डलमा बलिउड अभिनेत्री तथा पूर्व मिस युनिभर्स इन्डिया सेलीना जेटली र मोडल मनिका विश्वकर्मा लगायत रहेका थिए।

प्रकाशित: १२ आश्विन २०८३ ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App