ब्यूटी पेजेन्टको स्टेजलाई परफेक्सनको प्रतीक मानिन्छ। यहाँ हरेक मुस्कान, हरेक पाइला र हरेक अभिव्यक्ति एकदमै सही हुनुपर्छ।
तर, कहिलेकाहीँ सानो अप्रत्याशित क्षणले माहोल बदलिन सक्छ। यस्तै घटना मिस ग्राण्ड थाइल्याण्ड कंटेस्टेंट कमोलवान चनागोसँग भयो।
मिस ग्राण्ड थाइल्याण्ड २०२६ को प्रिलिमिनरी राउन्डमा स्टेजमा आफ्नो परिचय दिने क्रममा उनका नक्कली दाँत ‘विनियर्स’ अचानक बाहिरको निस्केको थियो तर, कमोलवानले यसलाई निकै सुन्दरतापूर्वक सम्हालेकी छिन्।
नक्कली दाँत झरेपछि उनी नअत्तालिँदै हल्का साइड लागिन् र आफ्ना दाँत मिलाएर फेरि उही आत्मविश्वासका साथ आफ्नो परिचय जारी राखिन्। विनाहिचकिचाहट उनले र्याम्प वाक पनि पूरा गरिन् र मुस्कुराउँदै क्यामेरासामु पोज दिइन्।
उनको साहसले त्यहाँ उपस्थित सबैलाई प्रभावित बनायो। दर्शकहरूले जोडदार ताली बजाएर उनको हौसला बढाए।
सामाजिक सञ्जालमा पनि मानिसहरू उनको आत्मविश्वासको तारीफ गरे। यस्ता क्षणहरू पछि प्रायः सेलिब्रिटीहरू सामाजिक सञ्जालमा ट्रोलिङको सिकार हुने गर्छन् तर कमोलवानले सुन्दरता बाहिरी रूपमा मात्र सीमित नभइ व्यक्तित्व र आत्मविश्वासमा हुने प्रमाणित गरिन्।
प्रकाशित: १४ चैत्र २०८२ १२:४९ शनिबार


