कला/साहित्य

‘आगोकाे रङ’ लोकार्पण

साहित्यकार तिला लेकालीकाे गजलसंग्रह ‘आगोकाे रङ’ लाेकार्पण तथा प्रगतिशील लेखक संघ (प्रलेस) ले पुरस्कार समर्पण गरेकाे छ।

प्रगतिशील लेखक संघका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि रघुजी पन्त, जगत उपाध्याय प्रेक्षित लगायतले ‘आगोका रङ’ गजलसंग्रहकाे लाेकार्पण गरेका हुन्।

त्यस्तै कर्ण दयाल सोराडीको मुक्तकसंग्रह ‘उथलपुथल’ र बिन्दु दाहालको ‘आमा’ स्मृति काव्य पनि लोकार्पण गरिएकाे हाे।

सहित्यकार हरि सिलुवालले लाेकार्पित कृति आगोको रङको समीक्षात्मक टिप्पणी गरेका थिए।

उक्त कार्यक्रममा प्रलेसको स्मारिका ‘प्रलेस-३१’ अंक पनि लाेकार्पण गरिएकाे छ।

प्रलेस अध्यक्ष देवी क्षेत्री दुलालको अध्यक्षता र महासचिव झपिन्द्र ढकाल (पारस) को सञ्चालनमा भएकाे कार्यक्रममा प्रलेसका पूर्व अध्यक्ष, सल्लाहकार तथा सम्मानित स्रष्टाहरूले मन्तव्य राखेका थिए।

प्रगतिशील लेखक संघ नेपाल (प्रलेस) ले विभिन्न साहित्यिक पुरस्कार अर्पिएकाे छ।प्रगतिशील साहित्य, संस्कृति र विचारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान अर्पिएको हो।

कार्यक्रममा प्रलेस श्यामप्रसाद स्मृति पुरस्कार-२०८२  ईश्वरचन्द्र ज्ञवाली, प्रलेस प्रतिभा पुरस्कार-२०८२ अनिल शर्मा विरही, प्रलेस बालसाहित्य पुरस्कार-२०८२ बालसाहित्यकार सुशिला प्रधानाङ्ग र प्रलेस युवा पुरस्कार -२०८२ रूपक अलङ्कारलाई अर्पिएको हो।

प्रगतिशील लेखक संघका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि रघुजी पन्तले लेखकहरूले राष्ट्रियता, जनतन्त्र र जनजीविकाकाे पक्ष र विकृति, विसंगति र अव्यवस्थाकाे विपक्षमा कलम चलाउन आग्रह गरेका थिए।

प्रगतिशील लेखक संघका अध्यक्ष डा. देवी दुलालकाे अध्यक्षता, पूर्व शिक्षा मन्त्री तथा प्रगतिशील लेखक संघका सल्लाहकार रघुजी पन्तकाे प्रमुख आतिथ्य र पारस ढकालकाे सञ्चालनमा कार्यक्रम भएकाे हाे।

काठमाडौंस्थित पिके क्याम्पसमा आयोजित कार्यक्रममा प्राडा जिवेन्द्रदेव गिरी, मातृका पोखरेल, प्राडा देवी नेपाल, शान्ता मानवी, नर्वेदेश्वरी सत्याल, डा. बमबहादुर थापा जिताली, जगत उपाध्याय प्रेक्षित, विन्दु दाहाल मुकदर्शक, मिरा काफ्ले, रमेश निरौला, उमा सिजापति, ललिता दाेषी, सृजना सराेवर, बोधकुमार घिमिरे, प्रकाश राई, अजित अधिकारी, कुमार दाहाल, शाेभा दाहाल, अमृता शर्मा, दुर्गा परियार लगायतकाे उपस्थिति रहेकाे थियाे।

प्रकाशित: ९ पुस २०८२ १०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App