कला/साहित्य

‘माया भनेकै यस्तो होला’ को टिजर सार्वजनिक

रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’ को टिजर सार्वजनिक भएको छ। त्रिकोणात्मक प्रेम कथामा केन्द्रित टिजरले चलचित्रको संक्षिप्त विवरण दिएको छ।

एक पुरुष पात्रले तीन जना युवतिसँग विवाह, प्रेम, वाचाको जटिल सम्बन्धलाई टिजरले समेटेको छ।

मुख्य भूमिकामा दिल श्रेष्ठ छन्, भने अभिनेत्री तर्फ तीन पूर्व मिस नेपाल रहेकी छन्।

अभिनेत्री नीति शाह, सृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठ चलचित्रमा अटाएका छन्। यी तीनै जना अभिनेत्री मिस नेपाल ब्युटी पेजेन्टका टाइटल विजेता हुन्।

दिया एन्ड अमु फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ र प्रकाश श्रेष्ठले निर्माण गरेका छन्।

रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका चलचित्र २६ भदौदेखि प्रदर्शनको तयारीमा छ।

प्रकाशित: २९ श्रावण २०८३ १८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App