गायक सुशान्त केसीले रसुवा, नुवाकोटलगायतका जिल्लामा आएको विनाशकारी बाढी प्रभावितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। केसीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उल्लेख गरे–‘हाम्रा आदरणीय दर्शकहरू लगायत यस यात्रामा हामीलाई साथ दिनुहुने सम्पूर्ण महानुभावहरूको तर्फबाट मैले सहयोग प्रदान गरेको छु।’ उनले आफ्नो सांगीतिक टिम ‘पाहुना’को तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको जानकारी दिएका हुन् ।
उनले सबैलाई सहयोग गर्न आग्रह गर्दै सानो सहयोगले पनि ठूलो अर्थ राख्ने बताएका छन्। यसका साथै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताएका छन्।
प्रकाशित: १४ भाद्र २०८३ १६:४८ आइतबार