कला/साहित्य

समिर भट्टको डेब्यु ‘१२ गाउँ’ अब युट्युवमा

अभिनेता समिर भट्टको डेब्यु चलचित्र ‘१२ गाउँ’ अब युट्युवमा आउने भएको छ।

२०८१ म प्रदर्शनमा आएको ‘१२ गाउँ’ बक्स अफिसमा भने सुपरहिट रह्यो। करिब २० करोड रुपैयाँको बक्स अफिस कलेक्सन गरेको चलचित्र सुपरहिट रह्यो।  

एक्सन जनरामा बनेको यो चलचित्रको डिजिटल राइट्स खरिद गरेको बुढासुब्बा डिजिटल प्रा.लि.ले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन्। चलचित्र भने यही शुक्रबार अर्थात भदौ २६ गते युट्युवमा सार्वजनिक हुँदैछ।  

विराज भट्ट निर्देशित ‘१२ गाउँ’ मा विराज र समीरसँगै सोनु चन्द्रपाल, दिया मास्के, मुरलीधर, सानिशा भट्टराई, न्यान्सी खड्का, स्टन्ट सिल्भा, सन्तोष सरकार, कनिज कोइराला, सुलेमान शंकर ‘इकु’, कृष्ण भट्ट, कालु राना, नरेन खड्का, अर्जुनजंग शाहीलगायतको अभिनय छ।

यसको दोस्रो श्रृंखला  ‘१२ गाउँ २’ भने दशैंमा प्रदर्शनको तयारीमा छ। 

प्रकाशित: २४ भाद्र २०८३ १८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App