चलचित्र विकास बोर्डको १९ औँ कार्यबाहक अध्यक्ष रविलाल शर्मा भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयका सहसचिव रविलाल शर्मालाई मंगलबार बोर्डको कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ।
गत ११ भदौमा तत्कालीन अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी)ले आफ्नो दुई वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि बोर्डमा अध्यक्ष पद खाली रहेको थियो।मन्त्रालय स्रोतका अनुसार नयाँ अध्यक्षको नियुक्ति नहुन्जेलसम्मका लागि सहसचिव शर्मालाई यस पदको जिम्मेवारी तोकिएको हो।
रविलालले आज नै आफ्नो पदभार ग्रहण गरेका छन्। खुला प्रतिस्पर्धाबाट बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्ने प्रक्रिया केही दिनभित्रै सुरु गरिने मन्त्रालयले जनाएको छ।
प्रकाशित: १७ भाद्र २०८३ १७:१८ बुधबार



