कला/साहित्य

प्रश्न केवल पीडितलाई मात्र होइन, आरोपितलाई पनि हुनुपर्छ : एलिना चौहान

गायिका एलिना चौहानले प्रश्न केवल पीडितलाई मात्र नभइ आरोपितलाई पनि हुनुपर्ने बताएकी छन्।

उनले सबैले आफ्नो निर्दोषता पुष्टि गर्नुपर्ने भनाइ राख्दै यस्‍तो बताएकी हुन्। गायिका चौहानले पीडितले आवाज उठाउँछ भने आरोपितले आफूले नगरेको भए प्रमाणसँग बोल्नुपर्ने तर्क गरिन्।

'प्रश्न केवल पीडितलाई मात्र होइन, आरोपितलाई पनि हुनुपर्छ,' उनले सामाजिक सञ्जालमा भनिन्, 'पीडितले आवाज उठाउँछ भने आरोपितले पनि प्रमाणसँग बोल्नुपर्छ। यदि नगरेको हो भने आफ्नो निर्दोषता पुष्टि गर्नुपर्छ।'

प्रकाशित: २१ चैत्र २०८२ १२:५४ शनिबार