कला/साहित्य

नेपाल तथा असममा गरेको कन्सर्टबाट उठेका रकम बाढी प्रभावितलाई : विशाल मिश्रा

बलिउड संगीतकार तथा गायक विशाल मिश्राले रसुवामा आएको बाढी प्रभावितलाई आर्थिक सहयोग गर्ने वाचा गरेका छन्।

उनले शनिबार सामाजिक सञ्जालमा सबैलाई सचेत रहन आग्रह गर्दै आफुले आर्थिक सहयोग गर्ने बताएका छन्। उनले लेखे–‘मेरो मन अहिले भइरहेको घटनाक्रम देखेर निकै भारी भइरहेको छ। त्यसैले म एउटा निर्णय गरेको छु’ 

उनले थपे–‘म नेपाल तथा असममा एउटा एउटा कन्सर्ट गर्नेछु, त्यहाँबाट उठेको एक एक पैसा बाढीपिडितको राहत तथा प्रभावित मानिसहरूको लागि खर्च गर्नेछु।’ उनले यो वाचा गर्दै कन्सर्टको विवरण छिटै सार्वजनिक गर्ने बताएका छन्।

प्रकाशित: १३ भाद्र २०८३ १५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App