चलचित्र ‘बिगुल’को प्रदर्शन मिति स्थगित गरिएको छ । फागुन १ गते रिलिज गरिएको चलचित्रलाई बुधबारदेखि अर्को सुचना नभएसम्मका लागि प्रदर्शन स्थगित गरिएको जानकारी निर्माण पक्षले गरेको छ ।
निर्वाचनको संवेदनशिल अवस्थालाई ध्यानमा राखेर सम्बन्धित निकायको सुझाव तथा परिस्थितिको मूल्यांकन पश्चात यो निर्णय लिइएको जारी विज्ञप्तिमा उल्लेख छ ।
रमेश कोइरालाको निर्देशन रहेको ‘बिगुल’ मा नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, बेनिशा हमाल, नरेन खड्का, बिनोद न्यौपाने, रमेश बुढाथोकी, शिशिर वाङ्देललगायत कलाकारहरूको अभिनय छ।
यसअघि पनि एक नेपाली थ्रीलर ड्रामा निर्वाचनको कारण देखाउदै चलचित्र ‘द ब्लु लाइट’ पनि प्रर्दशन स्थगित गरिएको थियो।
प्रकाशित: ५ फाल्गुन २०८२ १८:५५ मंगलबार