कला/साहित्य

भरियाको संघर्ष र जीवनकथामा देखिए ‘कार्की साइँला’

राजेन्द्र बस्नेतले निर्देशनमा रहेको चलचित्र ‘कार्की साइँला’ को ट्रेलर मंगलबार सार्वजनिक भएको छ।  

ट्रेलरमा मुख्य पात्रमा देखिएका कार्की साइँला (जितु नेपाल) र श्रीमातिको रुपमा देखिएकी प्रियाना आचार्य ‘को  वरपर कथा रहेको देख्न सकिन्छ। भारी बोक्ने भरियाको काम गर्दै आएका कार्की साइँलाले गाउँलेले हेपेकोदेखि उसको विवाह तथा सन्तान, प्रेम जीवनका सन्घर्ष समेटिएको छ। पूर्वी नेपालको पृष्टभुमिमा रहेर एक भरियाको जीवनमा आएका संघर्षलाई कथामा समेतिएको छ।

जितु नेपालसँगै यसमा प्रियाना आचार्य’, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मालगायत कलाकारको अभिनय रहेको छ।

डम्बर राईको कथामा बनेको सिनेमाको पटकथा एवं संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पारेका हुन्।

चलचित्रका निर्माता बाल कुमार राई र निर्भिक बञ्जारा हुन् भने कुबेर फिल्मस्ले वितरणको जिम्मा लिएको छ। कार्की साइँला’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

प्रकाशित: २३ भाद्र २०८३ १६:५२ मंगलबार