कला/साहित्य

पाेखराका अल्पविरामलाई ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’

लघुकथा समाज नेपालले लघुकथाकार अल्पविराम पोखरेलीलाई ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ अर्पिने भएकाे छ। समाजले बर्सेनि ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ अर्पिंदै आएकाे छ।

लघुकथा प्रतिष्ठान पोखराका संस्थापक अध्यक्षसमेत रहेका अल्पविरामको वास्तविक नाम भने विष्णुकुमार श्रेष्ठ हो र लामो समयदेखि उनी साहित्यिक क्षेत्रमा अल्पविरामकै नामबाट क्रियाशील छन्। उनको ‘अनुभूतिका रङहरू’ लघुकथासङ्ग्रह प्रकाशित छ भने कविता, गीत र मुक्तक विधाका पनि कृति प्रकाशित छन्।

लघुकथा समाज नेपालले भदौ ५ गतेलाई लघुकथा दिवसका रुपमा मनाउँदै आएको छ। विविध कार्यक्रम गरेर मनाइने दिवसकै अवसरमा लघुकथाकार अल्पविरामलाई उक्त सम्मान प्रदान गरिने लघुकथा समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उक्त सम्मान कार्यक्रम सर्वनाम नाटकघरमा आयोजना गरिने र सम्मान प्राप्त लघुकथाकारका दुई लघुकथा सर्वनामका कलाकारद्वारा मञ्चन गरिने समाजका अध्यक्ष तुलसीहरि कोइरालाले बताए।    

प्रकाशित: २४ श्रावण २०८३ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App