कला/साहित्य

अहिले कस्तो छ अमिताभको स्वास्थ्य ?

बलिउडका महानायक अमिताभ बच्चनले चिकित्सकको सल्लाहमा आफ्नो व्यस्त जीवनशैलीबाट केही समय विश्राम लिएको घोषणा गरेको करिब दुई सातापछि स्वास्थ्य अवस्थाबारे नयाँ जानकारी दिएका छन्।

उनले पछिल्लो समय राम्रोसँग निदाउन समस्या भइरहेको बताएका छन्। चिकित्सकले किन आराम गर्न सुझाव दिएका हुन् भन्ने विषयमा उनले विस्तृत जानकारी नदिए पनि जिम जाने र नियमित व्यायाम गर्ने काम पनि राम्रोसँग गर्न नसकेको खुलासा गरेका छन्। उनका अनुसार व्यस्त कामले शरीरमा शारीरिक तथा मानसिक थकान बढाउने गरेको छ।

निद्राको समस्याबारे चर्चा गर्दै उनले इन्टरनेटमा निद्रा लगाउन मद्दत गर्ने विभिन्न शारीरिक अभ्यास तथा उपायहरू भेटिने भए पनि आफूले ती सबै प्रयास गर्दा कुनै प्रभाव नपरेको बताएका छन्।

उनले लेखेका छन्, “कहिलेकाहीँ इन्टरनेटमा निद्रा सक्रिय गराउने धेरै शारीरिक अभ्यासहरू भेटिन्छन्। मैले ती सबै प्रयास गरेँ, तर केही काम लागेन। त्यसैले प्राकृतिक तरिका नै उत्तम रहेछ। ओढ्नेभित्र पस्ने, संसारमा आउनुअघि गर्भमा रहेको शिशुजस्तै खुम्चिएर आरामसँग सुत्ने र त्यसपछि निदाउने घुर्ने पनि आफ्नै ठाउँमा छ।”

थप्दै उनले बताए शरीरमा आवश्यक अक्सिजनको कमी भएको संकेत छन्।

उनले पछिल्लो समय जिम जाने र व्यायाम गर्ने नियमित तालिका बिग्रिएको पनि स्वीकार गरेका छन्।

“जिम जाने काम केही समयदेखि नियमित हुन सकेको छैन। त्यसलाई फेरि पुरानै लयमा फर्काउने प्रयास गर्दैछु। कामको व्यस्तताले शरीर र दिमाग दुवैमा धेरै असर पार्छ। त्यसैले अब आफ्नो स्वास्थ्यमा अलि बढी ध्यान दिन आवश्यक छ।”

उनले अगाडि लेखेका छन्, “मनले त ‘हुन्छ, गर्नुपर्छ’ भन्छ। तर शरीरले भन्छ, ‘एकछिन पर्ख साथी, बुढ्यौलीलाई आफूभित्र पस्न नदेऊ।’ भन्न सजिलो छ, गर्न गाह्रो। तर गर्नैपर्छ त्यसैले म प्रयास गर्नेछु।”

अक्टोबर २१ मा सामाजिक सञ्जालमार्फत अमिताभले केही दिन आराम गर्न चिकित्सकले सल्लाह दिएको जानकारी दिएका थिए।

केही साताअघि ‘कौन बनेगा करोडपति १८’ को छायांकनका क्रममा अमिताभ चिप्लिएर लडेका थिए र उनको घुँडामा चोट लागेको थियो। यद्यपि कार्यक्रममा उनले उक्त चोट गम्भीर नभएको भन्दै सबैलाई आश्वस्त पारेका थिए।

यसैबीच, अमिताभले मुम्बईस्थित आफ्नो निवास ‘जलसा’ बाहिर आइतबार प्रशंसकहरूलाई भेट्ने पुरानो परम्परालाई भने निरन्तरता दिएका छन्।

तर यसपटक उनले करिब १२ फिट अग्लो बुलेटप्रुफ सिसाभित्रबाट प्रशंसकहरूलाई अभिवादन गरेका थिए। अभिनेता टाइगर श्रफसँग सम्बन्धित हालैको गोलीकाण्डपछि उनको निवास वरपर सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ १४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App