भारतीय कमेडियन समय रैना आफ्नो कमेडी तथा अभिव्यक्तिका कारण धेरै जसो विवादमै परिरहन्छन्। उनको शो ‘इन्डिया गट लेटेन्ट २’ लाई लिएर उनी फेरि चर्चामा आएका छन्।
शुक्रबार युट्युबमा प्रसारित इन्डिया गट लेटेन्ट २ को एपिसोड ३ मा उनले पुनः एक विवादस्पद अभिव्यक्ति दिएका छन्। उक्त अभिव्यक्तिमा उनले गौतम बुद्ध बिहारबाट रहेको भनेका छन्।
शोमा एक प्रतियोगितासँगको अश्लील र विवादित कुराकानीमा उनले उक्त अभिव्यक्ति दिएका हुन्।
शो मा एक युवतीले आफूलाई पुरुष मन नपर्ने तर्क गरिरहेकी हुन्छिन्। ती युवतीले बिहारी समुदायमाथि व्यङ्ग्य गर्दै त्यहाँका पुरुषहरू राम्रा नहुने बताउँछिन्।
यसै क्रममा समय रैनाले बिहारीहरू बुद्धिमानी हुने र उनीहरूले ‘यूपीएससी’ जस्तो कठिन परीक्षा उत्तीर्ण गर्ने भन्दै उनीहरूको बचाउ गर्छन्। सोही प्रसङ्गमा ती युवतीलाई लक्षित गर्दै रैनाले 'तिमीलाई थाहा छ, गौतम बुद्ध पनि बिहारबाट थिए' भनी टिप्पणी गर्छन्।
उनको यही भनाइ सार्वजनिक भएपछि नेपाली दर्शकले उनको आलोचना गरिरहेका छन्।
केही समयअघि मात्र समय रैनाको ‘इन्डिया गट लेटेन्ट’ यस्ता खालकै कैयौँ विवादका कारण बन्द भएको थियो। हाल यो शो को सिजन २ भने नेटफ्क्सिमा प्रदर्शनरत छ।
प्रकाशित: २ श्रावण २०८३ १२:१७ शनिबार



