कला/साहित्य

चलचित्र ‘बेहुली’ को कमाइको ५ प्रतिशत बाढीपीडितलाई

प्रदर्शनको सँघारमा रहेको नेपाली चलचित्र ‘बेहुली’ निर्माण टिमले आफ्नो कमाइको ५ प्रतिशत रकम बाढीपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ।

देशभर बाढीपहिरोले विपत्ति निम्त्याइरहेका बेला निर्माण पक्षले चलचित्रको कुल बक्स अफिस कलेक्सनबाट वितरक र कर कट्टा गरी निर्माता तथा निर्देशकको भागमा आउने रकमको ५ प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

सशान कँडेलको निर्देशन तथा सङ्गीतकार अर्जुन पोखरेलको निर्माण रहेको यस चलचित्र आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउँदै छ।

राजधानी काठमाडौंमा आइतबार आयोजित एक विशेष समारोहका बीच चलचित्रको ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले उक्त सहयोगको घोषणा गरेको हो।

करिब साढे तीन करोड रुपैयाँको लागतमा यो चलचित्र निर्माण भएको जनाइएको छ।

विपत्तिको घडीमा चलचित्र पछि सारेर भाग्नुभन्दा आफूहरू जे काम गरिरहेका छौं, त्यही कर्ममार्फत नै पीडितलाई मद्दत पुगोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको निर्माण टिमको भनाइ छ।

प्रकाशित: २१ भाद्र २०८३ १६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App