कला/साहित्य

कलाकार दुर्गेश थापा र साइग्रेस पोखरेल पुगे घटनास्थलमै

गायक दुर्गेश थापा र चर्चित कथा वाचक तथा अभिनेता साइग्रेस पोखरेल आ–आफ्नो टिमसँग बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। 

बुधबार आकस्मिक विनाशकारी आएको बाढीमा बिचली भएका मानिसहरूको लागि थापाले राहत सामाग्री वितरण गरेका छन्। उनी नुवाकोट पुगेर साना बालबालिकाका लागि ४० थान कपडा तथा सिरक डसना वितरण गरेका छन्। थापा त्यहाँ पुगेर लेखे ‘ यी दृश्यहरूले मनभित्र कति ठुलो पीडा दिए, शब्दमा भन्न सक्दिनँ।

त्यसैले आफ्नो तर्फबाट र रोयल किड्स को तर्फबाट सकेको राहत सामग्री लिएर उहाँहरू भएको ठाउँसम्म पुगेँ।‘

यसै बिच साइग्रेस पोखरेल आफ्नो टिमसँग शनिबार बाढी प्रभावित क्षेत्रमा राहत सामाग्री लिएर पुगेका छन्। साथै अरूलाई पनि सहयोग गर्न उनले आग्रह गरेका छन्। 

प्रकाशित: १३ भाद्र २०८३ १७:५८ शनिबार