बलिउड अभिनेत्री अनुष्का शर्मा आठ वर्षपछि पुनः चलचित्रमा फर्कने भएकी छन्।
उनी दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनसँग चलचित्र एए २३ मा देखिने चर्चा चुलिएको छ।
उक्त चलचित्रको छायांकन २०२६को अन्त्यसम्म सुरु हुने जनाइएको छ।
वैरायटी इन्डियाको रिर्पोट अनुसार अहिले अनुष्काको ठुलो पर्दामा फर्कने कुनै योजना छैन। उनले दक्षिण भारतीय चलचित्रमा डेब्यु गर्न लागेको खबरलाई वैरायटी इन्डियाले खण्डन गरेको छ।
सन् २०१७ मा क्रिकेटर विराट कोहलीसँग विवाह गरेपछि उनी चलचित्र क्षेत्रबाट लगभग टाढै छिन्। उनले अन्तिम पल्ट २०१८ मा शाहरुख खान र कैटरिना कैफसँग चलचित्र ‘जीरो’ मा देखिएकी थिइन्। यस्तै, उनले चलचित्र ‘चकडा एक्सप्रेस’ मा काम गरेकी थिइन् । तर छायांकन भएपनि उक्त फिल्म रिलिज भने भएको छैन।
उनी लामो समयदेखि लण्डनमै परिवारसँग बस्दै आएकी छिन्। भारतमा उनी प्रायः प्रेमानन्द महाराजसँग भेट्न मात्र आउछिन्।
प्रकाशित: १० चैत्र २०८२ १४:४८ मंगलबार



