कला/साहित्य

बाढीपीडितलाई सहयोग, कार्यक्रमको सम्पूर्ण रकम नेपाल पठाउँदै एलिना चौहान

भाद्र १० गते नुवाकोट, रसुवालगायतका जिल्लामा आएको विनाशकारी बाढीले देश नै स्तम्भ बनाएको छ।

यस विपत्तको अवस्थामा कलाकारहरुले पनि आफ्नो सक्दो सहयोग गरिरहेका छन्। यसै बिच आफ्नो सांगितिक कार्यक्रमका लागि अस्ट्रेलियामा पुगेकी गायिका एलिना चौहानले शनिबार सामाजिक सन्जाल मार्फत उक्त कार्यक्रममा आज उठेको रकम सबै नेपाल पठाउने घोषणा गरेकी छन्। उनले लेखिन–‘हामीले व्यक्तिगत रूपमा आफ्नो हैसियतअनुसार धेरै ठूलो सहयोग गर्न नसकौँला, तर हामीले गर्ने हरेक शोबाट उठेको सम्पूर्ण रकम नेपाल पठाउन सक्यौँ भने त्यो सहयोग पक्कै ठूलो बन्न सक्छ। आजको ‘म्याकआर्थर नेपाली समुदाय’ को कार्यक्रमबाट उठेको सम्पूर्ण रकम नेपाल पठाउँदैछौँ। ’

हामीले दुःखमा परेका उद्धेश्यले नै यो कार्यक्रम गरेका हौँ भन्दै उनले थपिन–‘हामीले कार्यक्रमको नाम नै ‘तीज फोर नेपाल’ राखेर,  दुःखमा परेको आफ्नो देश र आफ्ना मानिसहरूलाई सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम गरेका हौँ। सहयोगका लागि हुने कार्यक्रमहरूलाई प्राथमिकता दिने हाम्रो सोच छ। हामी अझै सहयोग गर्न चाहन्छौँ, अझै धेरै हातहरू जोड्न चाहन्छौँ।’ 

प्रकाशित: १३ भाद्र २०८३ १३:३६ शनिबार