कला/साहित्य

‘सैयारा’ पछि अहान पाण्डेलाई दोस्रो ठुलो चलचित्रको अफर

‘सैयारा’ चलचित्रपछि अभिनेता अहान पाण्डेलाई दोस्रो ठूलो अफर आएको छ। निर्देशक अली अब्बास जफरले आफ्नो नयाँ चलचित्रको छायांकन सुरु गरिसकेका छन्। हाल चलचित्रको शीर्षक भने तय गरिएको छैन।

उक्त चलचित्र यश राज फिल्म्सको ब्यानरमा बन्नेछ, जसमा अहान मुख्य भूमिकामा देखिने छन्। साथै चलचित्रमा शरवरी वाघ, ऐश्वर्य ठाकरे र बबी देओल पनि महत्वपूर्ण भूमिकामा रहने छन्।

निर्देशक जफरले इन्स्टाग्राममा पोस्ट गर्दै 'अब यो सुरु हुँदैछ' भनेर जानकारी दिएका छन्। उनले सार्वजनिक गरेको तस्बिरमा अहानको गम्भीर लुक र क्ल्यापबोर्ड देखिन्छ, जसलाई उनको क्यारेक्टरको पहिलो झलक मानिएको छ।

यो चलचित्र आदित्य चोपडा र जफरबीचको पाँचौं सहकार्य हुनेछ। यसअघि उनीहरूले ‘मेरे ब्रदर की दुल्हन’, ‘गुंडे’, ‘सुल्तान’ र ‘टाइगर जिन्दा है’ जस्ता सफल चलचित्रहरूमा सँगै सहकार्य गरिसकेका छन्।

रिपोर्टका अनुसार चलचित्रमा रोमान्ससँगै एक्सन पनि समावेश गरिने छन्।

प्रकाशित: २१ चैत्र २०८२ १२:०७ शनिबार