कला

सलमानलाई मन्त्री आलेकाे सगरमाथामा 'ब्रेकफास्ट अफर'

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानले भर्चुअल संवाद गरेका छन्। 

मंगलबार अभिनेता खानसँग भएको भर्चुअल संवादमा आलेले सगरमाथामा ब्रेकफास्ट खुवाउने अफर गरेका छन्। उनले भने, ‘यो कुराकानीलाई जोडेर यदि तपाईँसँग समय भए माउन्टेन फ्लाइटबाट एभरेस्टको हवाई सफर गराउन चाहन्छु। तपाईँलाई थाहै होला, ब्रेक फास्ट इन एभरेस्ट एकदमै प्रख्यात छ।’

साथै उनले खानलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरेका छन्। ‘दबंग टुर’ का क्रममा नेपाल आउने तयारीमा रहेका खानसँग आलेले नेपालको पर्यटन प्रवर्द्धन संवाद गरेका हुन्। उनले कोरोना महामारीपछि नेपाल पर्यटनका लागि खुला भएको सन्देश विश्व समुदायलाई दिन आग्रह गरेका छन्।

मन्त्री आलेको यो प्रस्तावलाई सकारात्मक रुपमा लिंदै खानले नेपाल सुन्दर देश रहेको र यसको पर्यटन प्रवद्र्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने बताएका थिए। अभिनेता खानले आफू काठमाडौंको दशरथ रंगशालामा हुने कार्यक्रमका लागि आगामी जेठ १४ गते नेपाल आउन लागेको बताए। यसअघि पटकपटक नेपाल आउन आग्रह भएपनि समय नमिलेकाले यसपटक एकदमै उत्साहित रहेको सलमानले बताए।

करिब १० मिनेट भएको भर्चुअल कुराकानीमा मन्त्री आलेले आफू खानको ठूलो फ्यान भएको र प्रायः अधिकांश फिल्म हेरेको पनि बताएका थिए।

प्रकाशित: ९ चैत्र २०७८ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App