कला/साहित्य

‘सुसेली साहित्यिक प्रतिष्ठान’काे अध्यक्षमा रामराजा केसी निर्विराेध निर्वाचित

‘सुसेली साहित्यिक प्रतिष्ठान’ काे अध्यक्षमा स्रष्टा रामराजा केसी निर्विराेध चयन भएका छन्।

स्रष्टा रामराजा केसीकाे अध्यक्षतामा भएकाे सुसेली साहित्यिक प्रतिष्ठानकाे उपाध्यक्ष रजनी खत्री, सचिव कृष्णकुमार श्रेष्ठ, सहसचिव सुसान्त केसी र कोषाध्यक्ष चन्द्रलाल तामाङ रहेका छन्।  

त्यस्तै सदस्यहरूमा सविता केसी, सरिता बलामी, रमेश बलामी, अप्सरा भुर्तेल, किरण नेपाली, नविनराज पाण्डे रहेका छन्। नव निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ।

निर्वाचन समितिका संयोजक बद्री कार्कीकाे संयाेजकत्वमा राजकुमार केसी, मीनबहादुर श्रेष्ठ लगायत तीन सदस्य समिति गठन गरिएको थियो। कार्यसमिति बैठकबाट कार्यसमिति विघटन र निर्वाचन समिति गठन गरिएको थियो।

प्रकाशित: १५ वैशाख २०८२ १०:१२ सोमबार