कला/संस्कृति

कियारा र सिद्धार्थ आमाबाबु बन्दै

भारतीय कलाकारहरू सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणी आमाबाबु बन्दै छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरूसँग यो खुसीको खबर साझा गरेका हुन्।

कियारा र सिद्धार्थले आफ्नो इन्स्टाग्राममा एउटा तस्बिर सेयर गर्दै 'हाम्रो जीवनको सबैभन्दा मीठो खुसी चाँडै आउँदै छ' भनेर लेखेका छन्।

कियारा र सिद्धार्थले यो खुसीको खबर साझा गर्ने बित्तिकै उनीहरूका साथीभाइ र फ्यानहरूले उनीहरूलाई बधाई दिन थालेका छन्। अभिनेत्री नेहा धुपियाले जोडीलाई बधाई दिइन्। यसबाहेक इशान खट्टर, रिया कपूर, शिबानी दांडेकर लगायत धेरै स्टारहरूले जोडीलाई बधाई दिएका छन्।

कियारा र सिद्धार्थको विवाह ७ फेब्रुअरी २०२३ मा जैसलमेरमा भएको थियो। उनीहरूको विवाहको भिडियो सामाजिक सञ्जालमा पनि निकै ट्रेन्डिङमा थियो।

प्रकाशित: १७ फाल्गुन २०८१ १०:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App