कला/संस्कृति

देशभर प्रदर्शनमा ‘फेरि रेशम फिलिलि’

नेपाली चलचित्र ‘फेरि रेशम फिलिलि’ बुधवारदेखि प्रदर्शनमा आएको छ ।

सिनेमा आर्टसको ब्यानरमा बनेको चलचित्रको ‘फेरि रेशम फिलिलि’ महाशिवरात्रीको अवसर पारेर देशभर प्रदर्शनमा आएको छ । चलचित्रको मंगलवार साँझ ‘ग्राण्ड प्रिमियर’ समेत गरिएको थियो । ललितपुरमा सम्पन्न प्रिमियर चलचित्रका कलाकारदेखि तथा अन्य थुप्रै कलाककर्मीहरुको सहभागिता रहेको थियो ।

चलचित्रले प्रिमियर शोमा निकै सकारात्मक प्रतिक्रिया पाएको छ । शोपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अभिनेता तथा निर्देशक अशोक शर्माले चलचित्र एकदमै रमाईलो रहेकोले दर्शक एकछिन पनि बोर नहुने दाबी गरे । उनले नेपाली युवाहरुमा विदेश जाने हुटहुटी रहेको बेलामा चलचित्र ‘फेरि रेशम फिलिलि’ले राम्रो सन्देश दिएको बताए ।

अभिनेत्री ऋचा शर्माले शर्माले चलचित्रका कलाकारहरुको अभिनयको प्रशंसा गर्दै चलचित्र समग्रमा राम्रो बनेकोले कोही दर्शन पनि बोर नहुने प्रतिक्रिया दिइन् ।

चलचित्रलाई निरज महर्जनले निर्देशन गरेका हुन् । फिल्ममा विनय, सुपुष्पा, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । यो फिल्ममा ‘रेशम फिलिली’ का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।

प्रकाशित: १४ फाल्गुन २०८१ १६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App