कला

सोनाम ल्होसारको अवसरमा मिस तामाङको तयारी

मिस तामाङमा सहभागि युवतीहरु। तस्बिरः नागरिक

तामाङ समुदायको सोनाम ल्होसार नजिकिदैं गएको छ। ल्होसार नजिकिदै गएपछि वर्षेनी आयोजना गरिने मिस तामाङको तयारी पनि शुरु गरिएको छ। बैदाम तामाङ समाजले सोनाम ल्होसारको अवसरमा मिस तामाङ आयोजना गर्दै आएको छ।  

२८५९औं सोनाम ल्होसारको अवसरमा आयोजना गरिने मिस तामाङ पोखराको यो सातौं संस्करण हो। सातौं मिस तामाङको प्रशिक्षण समेत शुरु गरिएको छ। तालिममा २० जना तामाङ समुदायको युवतीहरुको सहभागिता रहेको छ। युवाहरुलाई आफ्नो मौलिक भाषा, भेषभुषा, संस्कार र संस्कृतिको बारेमा जानकारी गराई आफ्नो समुदायप्रति उत्थान गर्ने उद्देश्य राखिएका आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताए।  

प्रशिक्षणमा बैदाम तामाङ घेदुङका पूर्व अध्यक्ष धनप्रसाद तामाङले युवा पुस्तामात्रै होइन अभिभावक पनि भाषा र संस्कार जोगाउन सचेत बन्नु पर्ने धारणा व्यक्त गरे। उनले जन्म देखि मृत्यु सम्म तामाङ समुदायको आफ्नै मौलिक संस्कार रहेको भन्दै यसबारे नयाँ पुस्ता जानकार हुनपर्नेमा जोड दिए।  

३५ दिन सम्म चल्ने प्रशिक्षणमा तामाङ जातीको भाषा, संस्कृति, रहन सहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिमप्रदान गरिने कार्यक्रमका संयोजक राम लामाले जानकारी दिए। प्रतियोगितामा पोखराका युवतीहरु प्रतिस्पर्धामा छन्।  

प्रकाशित: २६ मंसिर २०७९ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App