निर्वाचन विशेष

निर्वाचन आयुक्तहरूले कहाँ-कहाँबाट गरे मतदान ?

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत निर्वाचन आयोगका पदाधिकारीहरूले विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्।

काठमाडौँ महानगरपालिका २९ नम्बर वडा कार्यालयमा रहेको मतदान केन्द्रमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान गरे। मतदानपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै एक मतदातालाई मतदान गर्न करिब ‘एकदेखि दुई मिनेट’ मात्र लाग्ने जानकारी दिए।

त्यस्तै, निर्वाचन आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले लमजुङको सुन्दर बजारस्थित महेन्द्र मावि मतदान केन्द्रबाट मतदान गरिन्। अर्का निर्वाचन आयुक्त सगुन शमशेर जबराले भने धापासी निम्न माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मत खसाले।

आयुक्तहरूले मतदान प्रक्रिया सहज र छिटो रहेको बताउँदै सबै मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ ०७:५३ बिहीबार