निर्वाचन विशेष

अझै खाता खोल्न नसकेको एमाले १४ स्थानमा अगाडि

जन लहर रास्वपातिर अघि बढेसँगै नेकपा एमालेले अहिलेसम्म कुनै क्षेत्रमा जित निकाल्न सकेको छैन ।  

यद्यपी १४ स्थानमा भने अग्रसता लिएको छ ।  

रास्वपा १०२ स्थानमा अग्रतासहित सात स्थानमा विजयी भएको छ । त्यस्तै नेपाली कांग्रेसले तीन क्षेत्रमा विजयी हासिल गर्दै १४ स्थानमा अग्रता लिएको छ । नेपाली कम्युनिष्ट पार्टीले दुई ठाउँमा जितसहित सात ठाउँमा अग्रता लिएको छ ।

बाँके-२ मा एमालेका मोहम्मद इश्तियाक राई १४ हजार ६१ मतका साथ अग्रतामा छन्।

त्यस्तै, तेह्रथुममा भानु भक्त ढकाल र गुल्मीमा गोकर्ण राज विष्टले पनि आफ्नो क्षेत्रमा अग्रता कायमै राखेका छन्। अन्य क्षेत्रमा भने एमालेका उम्मेदवारहरू प्रतिस्पर्धामा निकै पछाडि परेका देखिन्छन्।

एमालेले अग्रता लिएका १४ निर्वाचन क्षेत्र र उम्मेदवारहरूको नामावली -

मोहम्मद इश्तियाक राई: बाँके - २ (१४,०६१)

भानुभक्त ढकाल: तेह्रथुम - १ (७,५१०)

गोकर्णराज विष्‍ट: गुल्मी - २ (७,१६९)

डम्बरबहादुर सिंह: जाजरकोट - १ (६,२५३)

नारायण प्रसाद आचार्य: पाल्पा - १ (५,११७)

दीपकबहादुर धामी: डोटी - १ (४,८७६)

प्रदिपकुमार कटुवाल क्षेत्री (के सी): सिन्धुली - १ (४,७०३)

ऐन बहादुर महर: बझाङ - १ (४,११८)

लक्ष्मी प्रसाद पोखरेल: दैलेख - २ (२,९५५)

अस्मिता थापा: ओखलढुंगा - १ (२,५२७)

खिम बहादुर थापा: स्याङजा - २ (२,०४३)

यज्ञ बहादुर बोगटी: अछाम - २ (१,५३९)

गणेश सिंह ठगुन्ना: दार्चुला - १ (६८३)

रामचन्द्र मण्डल: धनुषा - १ (६११)

 

प्रकाशित: २२ फाल्गुन २०८२ २३:५३ शुक्रबार