निर्वाचन विशेष

खोटाङमा श्रम संस्कृति पार्टीले उछिन्दै

खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले ७,१२२ मतकाे साथ अग्रता कायम गरेकाे छ।

‘अँजुलीमा रहेकाे माटाे’ निर्वाचन चिन्हमा उठेका राईले अग्रता कायम गरिरहँदा ५, ८४५ मतकाे साथ नेकपा (एमाले) काे देवविक्रम राईले पछ्याउँदै छन्। त्यस्तै नेपाली कांग्रेसकाे बिरकाजी राईले ५,५७५ र नेपाली कम्युनिष्ट पार्टीका हरि राेकाले ४, ९८४ मत पाएकाे जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन्।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदाता छन्। जसमध्ये ७७ हजार ६५६ पुरुष र ६९ हजार ४६४ महिला मतदाता छन्।

अहिलेसम्म खाेटाङमा केपिलासगढी, ऐसेलुखर्क, रावाबेसी, दिप्रुङ चुइचुम्मा, साकेला र खोटेहाङ गाउँपालिकाको मतगणना भएको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ १५:१८ शनिबार