प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन-३ बाट उम्मेदवार रेनु दाहाल र सोविता गौतमले पनि मतदान गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार गौतमले बिहीबार बिहान मतदान गरेका हुन्।
देशभर बिहान ७ बजेदेखि सुरु भएको अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ ०९:२८ बिहीबार