निर्वाचन विशेष

कांग्रेसका स्वारसँग हारे भीम रावल

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नेपाली कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावल पराजित भएका छन् । उनी नेपाली कांग्रेसका भरतकुमार स्वारसँग झिनो मतले पराजित भएका हुन् ।

स्वारले १० हजार ७५९ मत ल्याउँदा रावल १० हजार २३३ मतमा सीमित भए । तेस्रो स्थानमा नेकपा एमालेका दीपक बहादुर साउदले ७ हजार ३८९ मत ल्याए । रास्वपाका ओमप्रकाश रावलले १ हजार ७३९ मत ल्याए ।

 

प्रकाशित: २३ फाल्गुन २०८२ १६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App