निर्वाचन विशेष

मतदानपछि स्थलगत मार्ग हुँदै चितवन लागे रवि

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने स्थलगत मार्ग हुँदै चितवन प्रस्थान गरेका छन्। 

बिहीबार बिहान चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गरेपछि उनी चितवनतर्फ लागेका हुन्। 

मतदान गर्नुअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिने विश्वास व्यक्त गरेका थिए। लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका छन्। 

प्रकाशित: २१ फाल्गुन २०८२ ०९:१४ बिहीबार