धर्म/संस्कृति

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताएका छन्।

गणेश चतुर्थीको अवसरमा आज धनुषाको औरही गाउँपालिका-१ परनदेहियामा गणेश मन्दिरको उद्घाटन गर्दै सभामुख यादवले धर्म, संस्कृतिले एक  सामाजिक सद्भाव, सहिष्णुता र एकता प्रवर्धन गर्ने भएकाले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण हुनुपर्ने बताए।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मठमन्दिर र पर्यटकीय स्थलको संरक्षण, संवद्र्धन तथा विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सभामुख यादवले धार्मिक स्थललाई व्यवस्थित गर्दै पर्यटनसँग जोड्न सके स्थानीयस्तरमा आर्थिक गतिविधिसमेत बढाउन सकिन्छ भने।

मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त मन्दिरको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवीलगायतको उपस्थिति थियो।

प्रकाशित: ३० भाद्र २०८३ ११:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App