कर्पोरेट

इन्ड्राइभको सेफ ड्राइभिङ अनलाइन कोर्स पूरा गर्ने चालकको संख्या १,५०० नाघ्यो

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इन्ड्राइभले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ पूरा गर्ने चालक पार्टनरको संख्या १,५०० नाघेको छ।

सडक सुरक्षा, व्यावसायिक आचरण तथा आपत्कालीन परिस्थितिमा अपनाउनुपर्ने सुरक्षा उपायबारे चालकलाई सचेत बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अनलाइन तालिमले महत्वपूर्ण उपलब्धि हासिल गरेको इन्ड्राइभले जनाएको छ।

मोबाइलबाटै सहज रूपमा पूरा गर्न सकिने गरी तयार गरिएको यो कोर्सले चालक पार्टनरलाई सुरक्षित रूपमा सवारी सञ्चालन गर्ने, यात्रुसँग व्यावसायिक व्यवहार कायम राख्ने तथा यात्राका क्रममा आइपर्न सक्ने विभिन्न परिस्थितिलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने व्यावहारिक जानकारी प्रदान गर्छ।

इन्ड्राइभका अनुसार हालसम्म १,५०० भन्दा बढी चालक पार्टनरले कोर्स पूरा गरी डिजिटल प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन्। करिब २० मिनेटमा पूरा गर्न सकिने तालिममा प्लेटफर्म सुरक्षा तथा व्यावसायिक सीमासम्बन्धी जानकारी, राइड–हेलिङ सेवाका लागि सडक सुरक्षाका आधारभूत ज्ञान, आपत्कालीन अवस्था, रिपोर्टिङ तथा एसओएस सुविधाको प्रयोगलगायत विषय समेटिएका छन्।

इन्ड्राइभ नेपालका वरिष्ठ चालक अपरेसन स्पेसलिस्ट सुनित झा राईले १,५०० भन्दा बढी चालक पार्टनरले तालिम पूरा गरी प्रमाणपत्र प्राप्त गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार चालकहरू दैनिक लामो समय सडकमा रहने भएकाले विभिन्न परिस्थितिमा उपयोगी हुने सुरक्षा ज्ञान उपलब्ध गराउनु आवश्यक छ।

इन्ड्राइभ नेपालकी कम्युनिकेसन्स म्यानेजर मञ्जिता गुरुङले चालक पार्टनरले आफ्नो नियमित कामबाट धेरै समय छुट्याउन नपरोस् भन्ने उद्देश्यले कोर्सलाई सरल, छोटो र सहज रूपमा तयार गरिएको बताइन्। चालकबाट प्राप्त प्रतिक्रियाले तालिममा समेटिएका व्यावहारिक सुरक्षा सामग्रीले दैनिक कार्यशैलीमा सकारात्मक प्रभाव पार्न सक्ने देखाएको उनको भनाइ छ।

कोर्स पूरा गरेका इन्ड्राइभका मोटरसाइकल चालक पार्टनर विशाल पाख्रिनले दैनिक मोटरसाइकल चलाउँदा सामान्य ठानेर बेवास्ता हुन सक्ने सुरक्षा विषयबारे तालिमबाट पुनः जानकारी पाएको बताए। विशेषगरी सडक सुरक्षा, आपत्कालीन अवस्था र एसओएस सुविधासम्बन्धी जानकारी आफूलाई उपयोगी लागेको उनको भनाइ छ।

त्यस्तै, इन्ड्राइभका बाइक चालक पार्टनर कमल घिमिरेले सुरक्षित ड्राइभिङ केवल सावधानीपूर्वक सवारी चलाउनुमा सीमित नभई यात्रुसँगको संवाद, व्यावसायिक व्यवहार र यात्राका क्रममा उत्पन्न हुन सक्ने परिस्थितिको व्यवस्थापनसँग समेत सम्बन्धित रहेको बताए। तालिम आफूले गर्ने दैनिक कामसँग प्रत्यक्ष रूपमा जोडिएको उनको भनाइ छ।

सेफ ड्राइभिङ अनलाइन कोर्सका तीन मुख्य मोड्युल

मोड्युल ए– अनलाइन प्लेटफर्म सुरक्षा र व्यावसायिक सीमाहरूयस मोड्युलमा प्लेटफर्ममार्फत सेवा प्रदान गर्ने क्रममा यात्रुसँग सुरक्षित, सम्मानजनक र व्यावसायिक व्यवहार कसरी कायम राख्ने भन्ने विषयमा जानकारी दिइएको छ। यात्राका क्रममा आवश्यक व्यावसायिक सीमाको पहिचान तथा त्यसलाई कायम राख्ने विषय पनि समेटिएको छ।

मोड्युल बी– राइड–हेलिङका लागि सडक सुरक्षासम्बन्धी आधारभूत ज्ञान

राइड–हेलिङ सेवाको वास्तविक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको यस मोड्युलमा रक्षात्मक ड्राइभिङ अभ्यास, बढी ट्राफिक हुने क्षेत्र तथा अपरिचित स्थानमा अपनाउनुपर्ने सावधानी र दैनिक जीवनमा उपयोगी सडक सुरक्षा अभ्याससम्बन्धी जानकारी दिइएको छ।

मोड्युल सी– आपत्कालीन अवस्था, रिपोर्टिङ र एसओएस प्रयोग

यस मोड्युलले आपत्कालीन अवस्थामा चालक पार्टनरलाई शान्त, सुरक्षित र प्रभावकारी रूपमा प्रतिक्रिया दिन सहयोग गर्ने उद्देश्य राखेको छ। यसमा इन्ड्राइभ एपमा उपलब्ध एसओएस सुविधा प्रयोग गर्ने तरिका तथा कुनै घटना भएमा उपयुक्त माध्यमबाट कसरी रिपोर्ट गर्ने भन्ने जानकारी समावेश गरिएको छ।

इन्ड्राइभले चालक पार्टनरको सुरक्षा र व्यावसायिक विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता व्यावहारिक तालिम तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित: १ आश्विन २०८३ १६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App