बजार

एकैदिन १० हजार ५०० ले घट्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ। आज एकैदिन सुन प्रतितोला दश हजार ५०० रुपैयाँले घटेको छ।

यससँगै शुक्रबार सुन प्रतितोला २ लाख ८६हजार ७०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३०५ रुपैयाँले घटेर चार हजार६४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

प्रकाशित: ५ असार २०८३ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App