बजार

सुन र चाँदीको मूल्य घट्यो

नेपाली बजारमा बुधबार (आज) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको हो।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार मंगलबार प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ९०० रुपैयाँले घटेर दुई लाख ८७ हजार १०० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि बुधबार गिरावट देखिएको छ। मंगलबार प्रतितोला चार हजार ५५५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी बुधबार ५५ रुपैयाँले घटेर चार हजार ५०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

प्रकाशित: २४ असार २०८३ १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App