अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने प्रलोभन देखाएर ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ पर्नेमा कलाकार नारद खतिवडा, उदयपुरको कटारी नगरपालिका–८ सिरिसेका ३८ वर्षीय विक्रमबहादुर थापा र नवलपरासी (पश्चिम) को सुनवल नगरपालिका–७ तर्गौलीका ५९ वर्षीय गोपालकुमार गुरुङ रहेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने आश्वासन दिँदै ९ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रकाशित: ६ श्रावण २०८३ १५:१२ बुधबार

-600x400.jpg)

