बर्दियामा लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बढैयाताल गाउँपालिका–२ रानीपुर स्थितबाट लागुऔषधसहित एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–४ मटेरियाका २७ वर्षीय कालीराम थारु रहेका छन्।
भारतबाट नेपाल आउँदै गरेको अवस्थामा थारुलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा ३ सय ४० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। थारुलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी आवश्यक अनुसन्धान भइरहेको डिएसपी देबेन्द्रकुमार मल्लले जानकारी दिए।
प्रकाशित: २५ माघ २०८२ १९:१४ आइतबार

-600x400.jpg)

