अपराध

१६ वर्षीया बालिकामाथि करणीको अभियोगमा एक पक्राउ

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बर्दियाको मधुवन नगरपालिका-५ का ३४ वर्षीय धनबहादुर चुदारालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले चुदारालाई पीडित पक्षको उजुरीका आधारमा शुक्रबार बेलुकी नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै परेको जाहेरीपछि चुदारालाई पक्राउ गरी हिरासतमा राखिएको छ।

घटनाका सम्बन्धमा आवश्यक कानूनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २० भाद्र २०८३ १९:०९ शनिबार