सशस्त्र प्रहरी बलले सुनसरीबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
इटालीमा बनेको पेस्तोल र सोको ३ राउण्ड गोलीसहित भारतको अररिया ग्राम पंचायत-४ बस्ने ३६ वर्षका राम थेलन पासवानलाई सुनसरी गाउँपालिका-३ जमुवास्थित सीमा नाकाबाट निर्वाचन क्षेत्र सुरक्षा बेशले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका पासवानको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ग्राम, नेपाली रुपैयाँ ७ हजार ५ र भारतीय रुपैयाँ ९ हजार ३ सय ८० र मोटरसाइकल समेत बरामद भएको छ। नियन्त्रणमा लिइएका पासवानलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
सीमा नाकामा कडाइ गर्न डिआइजी मनिष थापाको निर्देशन
यसैबिच निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनिका बाहिनिपती सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले निर्देशन दिए संगै सीमा नाकामा चेकजाँचलाई तीव्रता दिइएको छ। सोही क्रममा हतियारसहित व्यक्ति नियन्त्रणमा लिन सफलता मिलेको हो।
डिआइजी थापाले इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका सीमा नाकाको स्थलगत अनुगमन गर्दै सीमाबाट हुने अवैध क्रियाकलापमा निर्मम ढंगले लाग्न मातहत सबै युनिटलाई निर्देशन दिएको सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाे जानकारी दिए।
प्रकाशित: १ फाल्गुन २०८२ २०:२१ शुक्रबार