अपराध

अनाधिकृत नदीजन्य पदार्थ ढुवानी गर्ने टिप्परसहित चालक नियन्त्रणमा

अनाधिकृतरुपमा नदीजन्य पदार्थ ढुवानीमा संलग्न रहेकोे आरोपमा प्रहरीले २ वटा टिप्परसहित चालकलाई नियन्त्रणमा लिएको छ।

कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १ स्थित गुडरुङ खोलाबाट अवैैधरुपमा उत्खनन गरी निकासीका लागि लगिरहेको अवस्थामा बा प्र ०३–००१ ख १६९६ र लु १ ख ६२५१ नम्बरको टिप्परसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।  

पक्राउ पर्नेमा टिप्पर चालकहरू धनिराम चौधरी र धनिराम थारु रहेका छन्। उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कपिलवस्तु पठाइएको उपरीक्षक सिंहले बताए।

प्रकाशित: ८ वैशाख २०८३ १९:१४ मंगलबार