पर्साको पकहामैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार राति ८:४५ बजेको समयमा प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त टोलीले पकहामैनपुर गाउँपालिका -०१ धोरेस्थित तिलाईपुल-भिष्वा सडकखण्डमा तिलाईपुलबाट धोरेतर्फ आउँदै गरेको बा १८ च ३६५७ नम्बरको सेतो रङको निशान कारलाई चेकजाँच गरिएको थियो।
चेकजाँचको क्रममा कारको पछाडिको डिकीमा प्लाष्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला पारेको र ती पोकाभित्र प्लाष्टिकसहित ११४ किलो २५ ग्राम लागु औषध गाँजा बरामद गरिएको हो।
कार र उक्त बरामद लागुऔषध सहित धादिङको बेनिघाट रोराङ गाउँपालिका-०८ बस्ने २१ वर्षीय साजन चेपाङलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २० भाद्र २०८३ ०९:१४ शनिबार