अपराध

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  

उनले बोक्ने विभिन्न मोबाइलमा रहेको तीस लाख ४९ हजार ७३६ रुपैयाँ ९३ पैसासहित उनलाई नियन्त्रमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।  

प्रवक्ता भट्टराईका अनुसार बंगलादेशको पवना घर भएका मोहम्मद शेहबुल स्लाम काठमाडौंको ठमेलमा बस्दै आएका छन् ।  

संकास्पद गतिविधिमा संलग्न भएको आंशकामा गरिएको अनुसन्धानबाट उनी क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको पुष्टि भएपछि ठमेलस्थित छाँया सेन्टर नजिकबाट उनलाई नियन्त्रमा लिइएको हो ।  

उनको साथबाट नेपाली नगद ६० हजार रुपैयाँ,  एनसेल र एनटीसीका विभिन्न नौ सीम, दुई थान मोबाइल, विभिन्न बैंकका सात एटीएम, विभिन्न बैंकको ३३ थान चेकबुकसहितका सामग्री बरामद भएको भट्टराईले बताए ।

पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता २९७४ को दफा २६२ (क) बमोजिम अभौतिक मुद्राको प्रयोग गर्न नहुने सम्बन्धि कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित: १२ चैत्र २०८२ १७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App