अपराध

छिमेकीको हत्या गरेर १७ वर्ष नक्कली साधु बनेका लोकनाथ पक्राउ

जग्गाको विवादमा छिमेकीको हत्या गरेर नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका–२ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन्।

उनले छिमेकी ढोडा मुखिया विनको विसं २०६४ वैशाख २५ गते गोली हानेर हत्या गरेका थिए। त्यसपछि फरार भएका लोकनाथ भारतको चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरमा १० वर्षदेखि साधुको भेषमा पूजारी बनेर लुकेका थिए।

हत्या गरेर भागेका लोकनाथलाई सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। नेपाल आएको मौका छोपेर केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई सोमबार पर्साको वीरगन्जबाट पक्राउ गरेको छ। पक्राउ परेपछि उनलाई मंगलबार सार्वजनिक गरिएको छ।

केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी उपरीक्षक सुधिरराज शाहीले रासससँग भने, ‘लोकनाथलाई फैसला कार्यान्वयनका लागि मंगलबार नै जिल्ला अदालत पर्सामा पेस गरिएको छ।’ रासस

प्रकाशित: २७ चैत्र २०८१ ०६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App