अपराध

लागूऔषधसहित १४ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधिसहित १४ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन÷तीन, मोरङ र चितवनबाट दुई÷दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक/एक जना पक्राउ परेका हुन्।

लागूऔषध ब्यूरोबाट परिचालित टोलीले उनीहरुका साथबाट खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइक्लोमाइन, नाइट्राभेट, ट्रामाडोल, एलएसडी नियन्त्रित औषधि बरामद गरेको छ। रासस

प्रकाशित: ३१ वैशाख २०८३ १३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App