खेल

प्रभालाई विश्व पारा एथलेटिक्समा रजत

नेपालकी प्रभा आङदेम्बेले भारतमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङजम्पमा रजत पदक जितेकी छन्।

भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियममा प्रभाले टी ४७ क्याटगोरीमा ३.९६ मिटर जम्प गर्दै रजत जितेकी हुन्। उनको प्रशिक्षकमा विमला रानामगर छन्। यस स्पर्धामा श्रीलंकाले स्वर्ण जित्यो। प्रभाले लङजम्पसहित कुल तीन स्पर्धामा सहभागिताको नाम दर्ता गराएकी थिइन्। त्यसमध्ये उनी चार सय मिटर दौडमा चौथो भइन्। प्रभाले बिहीबारै २ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन्।  

प्रकाशित: १ चैत्र २०८१ ०७:२९ शुक्रबार

# Nepali Sports # World Para Athletics Grand Prix