अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मैत्रीपूर्ण रग्बी खेल शनिबार सम्पन्न भएको छ।
नेपाल रग्बी संघ र नेपाल खेलकुद पत्रकार मञ्चको संयुक्त आयोजनामा महिला खेलकुद पत्रकार र महिला विभागका महिला सदस्यहरूबीच मैत्रीपूर्ण रग्बी खेलको आयोजना गरिएको हो।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, उपाध्यक्ष शशी लामा, महासचिव गोबिन्द घिमिरे, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष निरन्जन राजवंशी र रग्बी संघका कोषाध्यक्ष झनकबहादुर अधिकारीलगायत उक्त कार्यक्रममा उपस्थित थिए।
महिला विभाग प्रमुख एलिस थापाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन्। सदस्यसचिव टंकलाल घिसिङले शुभकामनासहित बल हस्तान्तरण गरेर कार्यक्रमको सुरुआत गरेका थिए। महिला दिवसको अवसर पारेर प्रत्येक वर्षजस्तै नेपाल रग्बी संघको महिला विभागले यस किसिमका कार्यक्रम आयोजना गर्दै आएको विभागकी प्रमुख थापाले बताइन्।
प्रकाशित: २५ फाल्गुन २०८१ ०७:५६ आइतबार