खेल

च्याम्पियन्स ट्रफी : न्युजिल्यान्डले दियो पाकिस्तानलाई ३२१ रनको उच्च लक्ष्य, लाथम र यङको शतक

आइसिसी च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा न्युजिल्यान्डले आयोजक पाकिस्तानसामु ३२१ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ ।  

कराँचीमा आयोजक पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको किविज टोलीले निर्धारित ओभरमा ५ विकेट गुमाएर ३२० रनको उच्च योगफल तयार पारेको हो ।

विल यङ र टम लाथमले सतक बनाएपछि न्युजिल्यान्ड उच्च योगफल तयार पार्न सफल भयो । ११३ बलको सामना गरेका यङले १२ चौका र एक छक्काको मद्दतमा १०७ रन बनाए । 

९५ बलमा सतक पूरा गरेका लाथम ११८ रनमा नटआउट रहे । ग्लेन फिलिप्सले ३४ बलको सामना गर्दै चार छक्का र एक चौकाको मद्दतमा अर्धशतक पूरा गरे । उनी ६१ रनमा क्याच आउट भए ।  

७३ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै यङ र नाथमले चौथो विकेटका लागि ११८ रनको साझेदारी गरे । नाथमले फिलिप्ससँग पाँचौ विकेटका लागि १२५ रनको साझेदारी गरेपछि न्युजिल्यान्ड उच्च योगफल तयार पार्न सफल भयो । 

केन विलिएम्सन एक रनमा आउट हुँदा डेभोन कोन्वे र ड्यारिल मिचेलले समान १० रन बनाए ।  

पाकिस्तानका लागि नसिम साह र हेरिस रौफले समान २ तथा अब्रार अहमदले एक विकेट लिए । पाकिस्तानले ६ जना बलर प्रयोग गरेको भएपनि बाँकी बलर नराम्ररी चुटिएका थिए । 

प्रकाशित: ७ फाल्गुन २०८१ १८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App