खेल

पहिलो टी–२० मा नेपालद्वारा अमेरिकासमक्ष १ सय ६५ रनको लक्ष्य प्रस्तुत

नेपालले पहिलो टी–२० खेलमा अमेरिकासमक्ष १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अमेरिकाको डल्लासमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपालले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो।

जारी खेलमा राम्रो सुरुआत गरेको नेपालले अन्तिम दुई ओभरमा ५ विकेट गुमाउँदै खासै रन जोड्न सकेन।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको पारी खेले भने दिपेन्द्रसिंह ऐरीले २८ रन जोडे। त्यस्तै ओपनर ब्याट्सम्यान अनिल साह र आशिफ शेखले समान २७÷२७ रन जोड्दा कुशल भुर्तेल १० र गुलशन झा ११ रनमा आउट भए।

त्यस पछि ब्याटिङ्गका लागि मैदान उत्रेका सोमपाल कामी, करण केसी र आरिफ शेख शून्य रनमा आउट भए भने सागर ढकाल २ रनमा आउट भए।

अमेरिकाका लागि हरमित सिंह, सौरभ नेत्रवालकर र जसदिप सिंहले समान २÷२ विकेट लिए भने अलि खान र नोस्थस केन्जीगले समान १÷१ विकेट हात पारे।

प्रकाशित: २ कार्तिक २०८१ ०७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App